चितवन विशेष
होलीमा नारायणी किनारमा ग्याङ फाइटः तीन घाइते, एक गम्भिर
०

चितवन,फागुन २७-
होली पर्वको दिन (सोमवार) चितवनको नारायणी नदि किनारमा दुई समूहविच झडप भएको छ । झडपमा परि तीन जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भिर छ ।
घाइते हुनेमा भरतपुर महानगरपालिका ११ लामाटोल बस्ने १८ बर्षिय राज तामाङ र सोही ठाँउ बस्ने १७ बर्षिय सनम थापा रहेका छन् । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै अर्का घाइते बेलटाँडीका १९ बर्षिय सचिन रानामगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न भरतपुर महानगरपालिका २ का १८ बर्षिय दिपेश घले र भरतपुर १० का १८ बर्षिय शिर्षक गुरुङलाई नियन्त्रणमा लिएको डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























