कालिका

चितवनको शक्तिखोरमा युवतीलाई दिइयो स्वास्थ्य सचेतना

Banner

चितवन, फागुन २६-

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरका युवतीलाई स्वास्थ्य सचेतना दिइएको छ ।

शक्तिखोर, सिद्धि र काउलेका ६० युवती तथा महिलाको सहभागिता रहेको कार्यक्रम सामुदायिक सहयोग केन्द्र सौराहाको स्थानीय संयोजन तथा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरको सहयोगमा भएको थियो । ‘महिनावारी समयमा अपनाउनुपर्ने सजगता’ को विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो । ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरले आफ्नो व्यवसायिक, सामुदायिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो कार्यक्रममा विशेष सहयोग गरेको थियो ।

कार्यक्रममा सञ्चारिका समूह चितवनकी अध्यक्ष तथा पत्रकार अजिता अधिकारीले सहभागीलाई प्रशिक्षण दिएकी थिइन् । अध्यक्ष अधिकारीले महिलाको महिनावारी प्राकृतिक प्रक्रिया भएको भन्दै स्वस्थ जीवनयापनको लागि महिलाले ‘मेरो स्वास्थ्य मेरो अधिकार’ लाई विशेष जोड दिनुपर्ने बताए । समतामूलक समाज निर्माणमा महिलाले सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुपर्ने भन्दै उनले आफ्नो कर्तव्य र अधिकार प्रति महिलाहरु सधैँ सजग हुनुपर्ने बताए ।

लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरकी सञ्चालक प्रभा बरालले आफू लामो समय वैदेशिक रोजगारीमा देश बाहिर रहनु बाध्यात्मक अवस्था रहेको भन्दै आफूले जानेको सीप र क्षमताको प्रयोग गर्दै महिलाहरु अगाडि बढ्नुपर्ने बताइन् । उनले आफ्नै कर्मभूमिमा आई केही गर्नुपर्छ भन्ने सोचेर एक दशक लामो वैदेशिक रोजगारीलाई छाडेर चितवनमा नै व्यवसाय थालेको बताइन् । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आगामी दिनमा पनि विपन्न र पछाडि पारिएका महिलाहरुको लागि विभिन्न सहयोग कार्यक्रम गर्ने समेत उनले बताए ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र सौराहाका कार्यालय प्रवन्धक दिपेन्द्र खरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा युवती तथा महिलालाई निःशुल्क सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>