स्वास्थ्य

महिला भन्दा पुरुषलाई बढी जोखिम छ कोरोना भाइरसको

Banner

एजेन्सी,फागुन २६-

कोरोना भाइरसको संक्रमण भएमा महिला भन्दा पुरुषलाई बढी जोखिम हुने देखिएको छ । चीनमा भएको अध्ययनमा कोरोना संक्रमित महिलाको तुलनामा पुरुषको मृत्यु हुने जोखिम बढी देखिएको हो ।यस्तै उमेर समूहको कुरा गर्दा बालबालिकाको तुलनामा संक्रमित पाको उमेरका व्यक्तिको मृत्यु हुने सम्भावना बढी देखिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले गरेको अध्ययनमा महिला तथा बालबालिकामा कोरोनाको गम्भीर प्रभाव पुरुष तथा पाको उमेरका व्यक्तिमा भन्दा कम देखिएको हो।

४४ हजार व्यक्तिमा गरिएको अध्ययनमा कोरोना संक्रमित भएका मध्ये २.८ प्रतिशत पुरुषको मृत्यु भएको छ । तर महिलामा यो दर १.७ प्रतिशत छ । यस्तै संक्रमित भएका बालबालिका तथा किशोरकिशोरी मध्ये मृत्यु हुनेको संख्या ०.२ प्रतिशत मात्रै छ ।

तर पाको उमेरका व्यक्तिमा भने यो दर बढी रहेको केन्द्रले जनाएको छ । ८० वा त्यो भन्दा माथिको उमेरका संक्रमित व्यक्तिमा मृत्युदर झण्डै १५ प्रतिशत देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>