Breaking News
नेविसंघले बाँड्यो एक हजार थान मास्क
०

काठमाडौं, फागुन २५-
काठमाडौंको बानेश्वरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मास्क वितरण गरेको छ।
आइतबार एक हजार थान मास्क वितरण गरेको हो।
कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले मास्क वितरण गरेको जनाएको छ।
नेविसंघ भ्याली ईञ्जिनियरिङ कलेजका सभापति विनोद जोशी, महामन्त्री महेश्वरी कुँवरलगायतले मास्क वितरण गरेका हुन्। नेविसंघले देशैभर निस्शुल्क मास्क वितरण अभियान नै सुरू गर्ने नेविसंघ नेता अनुराग साहले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























