कालिका

तीन करोड लगानीमा खोलेसिमलमा होटल कालिका ब्यान्क्वेट

Banner

चितवन, फागुन २४–

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको होटल कालिका ब्यान्क्वेटले आजबाट आफ्नो सेवा सुरु गरेको छ । होटलमा विभिन्न पार्टी, सेमिनार, गोष्ठीका लागि सभाहल तथा सेमिनार हल रहेको अध्यक्ष बुद्धि प्रसाद अधिकारीले जानकारी दिए ।

सभाहलमा १ हजार जना अट्ने क्षमता रहेको र सेमिनार हलमा १ सय जनाको क्षमता रहेको उनले बताए । विवाह, ब्रतवन्ध लगायतका कार्यहरुको लागि मण्डपको समेत व्यवस्था रहेको छ । होटल परिसरमा शिव–पार्वती, गणेश, कुमारको मूर्ति प्रतिस्थापन गरी मन्दिर समेत निर्माण गरिएको छ ।

रेष्टुरेण्ट तथा बारको समेत सुविधा रहेको होटलमा यथेष्ट पार्किङ सुविधा रहेको छ । पानीको फोहोरा सहितको मनमोहक गार्डेन समेत रहेको सो होटलमा स्वदेशी तथा विदेशी खानाका परिकार उपलब्ध हुने छन् ।

लोकल कुखुरा, हाँसको परिकारका अतिरिक्त फापर तथा मकैको ढिँडो समेत ग्राहकले आफ्नो रोजाइ अनुसार खान पाउने होटलका अध्यक्ष अधिकारीले जानकारी दिए । कटेजको समेत व्यवस्था रहेको सो होटलमा क्याम्प फायर गर्दै बार्बीक्यू समेत आफै बनाएर ग्राहकले खान सक्ने छन् । सम्पूर्ण हलहरुमा ए.सी. सुविधा रहेको छ भने निकट भविष्यमै स्वीमिङ पुल र पाहुनाहरु बस्नको लागि सुविधा सम्पन्न लजको समेत निर्माण कार्य भइरहेको होटलका अध्यक्ष अधिकारीले बताए ।

करिव ३ करोडको लगानीमा निर्माण भएको सो होटलमा युवा उद्यमीहरु बुद्धि प्रसाद अधिकारी, भुवन श्रेष्ठ, सि.पी. अधिकारी, एकेश भण्डारी र सुदर्शन अधिकारीको लगानी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>