चितवन विशेष

भरतपुर १२ वडा कार्यालयको आफ्नै भवन बन्ने

Banner

चितवन, फागुन २३–

भरतुपर महानगरपालिका वडा नम्बर १२ को आफ्नै भवन बन्ने भएको छ । निर्माण हुन लागेको भवनको आज (शुक्रबार) एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गरिन् ।

सो क्रममा बोल्दै महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिमा अगाडी बढिरहेको बताइन् । उनले महानगरको सेवाप्रवाहलाई व्यवस्थित बनाइ नागरिकलाई चुस्त सेवा प्रवाह गर्न वडा कार्यालयहरू निर्माणलाई अभियानकै रूपमा अगाडि बढाईरहेको जानकारी दिइन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सुरक्षित र व्यवस्थित शहरको रूपमा विकास गर्ने योजनाका साथ कामहरू अगाडि बढाएको बताउँदै बालश्रमको अन्त्य, फोहोरमैलाको उचित व्यवस्थापन, वातावरण संरक्षण, सुर्ती चुरोट सेवन तथा बिक्री वितरणमा रोकथाम, सेवा प्रवाहमा नविनतम प्रविधिको प्रयोग, वैज्ञानिक कर प्रणालीलगायतका कामहरूलाई तिब्रता दिएको बताइन् । प्रमुख दाहालले नवनिर्मित वडा कार्यालय भवन तोकिएको समयमा गुणस्तरिय ढंगले निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरपालिकाका प्राविधिक कर्मचारीलाई नियमित अनुगमन गर्न समेत निर्देशन दिइन् ।

सो कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोसीले महानगरपालिकाले पूर्वाधार विकास र सेवा प्रवाहलाई दु्रत गतिमा अगाडि बढाइएको भन्दै यस वडा कार्यालय निर्माणसँगै सेवा प्रवाह चुस्त दुरूस्त हुने विश्वास व्यक्त गरे । भरतपुरका डिभिजन ईन्जिनियर रत्न लामिछानेले समयमै गुणस्तरीय भवन निर्माण गरेर छिटो भन्दा छिटो सेवाग्राहीलाई सेवा प्रवाह गर्ने योजनाका साथ काम अगाडी बढाईएको बताए । सो कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा प्रदान गर्ने सूर्यबहादुर कार्कीलाई महानगरपालिका प्रमुख दाहालले धन्यवाद व्यक्त गरिन् । कार्यक्रम भरतपुर महानगरपालिका वडा नंं. १२ का वडा अध्यक्ष नरेन्द्र कङदङवाको अध्यक्षतामा भएको थियो ।

धनगढा मन्दिर नजिकै २ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको भवन ८ कोठाको एक तल्ले हुने जनाइएको छ । एक करोड ११ लाख ८१ हजारको लागतमा निर्माण हुने नवनिर्मित अत्याधुनिक प्रविधिमैत्री हुने भवनमा मिटिङ हल, कार्यालय कोठा तथा शौचालय हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>