चितवन विशेष
कोरोनाबाट बच्न लाइसियम स्कुलमा स्वास्थ्य प्रशिक्षण

चितवन, फागुन २३–
पूर्वीचितवनको रत्ननगर नगरपालिका–१ निपनीस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य प्रशिक्षण दिइएको छ ।
आज (शुक्रबार) कोरोना भाईरसको प्रकोपको अवस्था र स्वस्थ रहन अपनाउनु पर्ने सजगताका सम्वन्धमा एक दिने प्रशिक्षण दिइएको हो । कोरोना भाईरस सर्ने माध्यमहरु, लक्षणहरु र भाईरसको आक्रमणबाट जोगिन सबैले ध्यान दिनु पर्ने कुराहरुका बारेमा सम्पूर्ण शिक्षक विद्यार्थीहरुलाई भरतपुर अस्पतालकी डा. ललिता खड्काले प्रशिक्षण दिएकी थिइन् ।
उनले कक्षा एल.के.जी.देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हात धुने तरिकाका सम्बन्धमा समेत प्रयोगात्मक प्रशिक्षण समेत दिएकी थिईन् । सो अवसरमा विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले विश्वका करिव ८४ देशमा फैलिएको कोरोनालाई विश्व स्वास्थ्य संगठनले नेपालमा समेत फैलन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखेकोले यसबाट बच्न डा. खड्काले व्यक्त गरेका स्वास्थ्य सावधानीहरु अपनाउदै भीडभाड बाट जोगीन सबैलाई आग्रह गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
























