चितवन विशेष
कोरानाका कारण एसइइ परीक्षा नसर्ने, चैत ६ गतेदेखि नै हुने
०

चितवन, फागुन २३–
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) यथावत रुपमै संचालन हुने भएको छ । कोरानाका कारण कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गते भित्रमै सक्ने निर्देशन दिए पनि एसइइ परीक्षा भने चैत ६ गतेदेखि यथावत रुपमै संचालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माद्धारा जारी विज्ञप्तीमा हल्लाको पछाडी नलाग्न र यसअघि घोािषत मितीमै परीक्षा हुने भएकाले सोही अनरुप तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध गरिएको छ ।
कोराना भाइरस (कोभिड–१९) का बारेमा मन्त्रालयमा नियमित समिक्षा र विश्लेषण भइरहेकोले आवश्यकता वा औचित्यको आधारमा थप निर्णय भएमा सार्वजनिक रुपमै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























