अर्थ

सुन प्रतितोला ८२ हजार ५०० पुग्यो

Banner

काठमाडौं, फागुन २३-

संसारभर कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावसँगै सेयर बजार र डलरको भाउमा असर परेपछि सुनको मूल्य लगातार उक्लिएको छ ।

एकैदिन १८०० बढेर सुनको मूल्य शुक्रबार प्रतितोला ८२ हजार ५०० रूपैयाँ पुगेको छ ।

नेपाली बजारमा सुनको भाउ शुक्रबार वर्षकै सर्वाधिकमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला ८० हजार ७ सयमा कारोबार भएको थियो । बुधबार ८० हजार ५ सय, मंगलबार ७८ हजार ३ सय, सोमबार र आइतबार ७८ हजारमा खरिद-बिक्री भएको थियो ।

बिहीबार बैंकहरूले अब नगद जसरी सुन पनि निक्षेपका हिसाबले ग्राहकले जम्मा गर्न सकिने सूचना सार्वजनिक गरेका थिए ।

त्यसैगरि चाँदीको भाउ पनि १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला ८९० पुगेको छ । बुधबार र बिहीबार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि यो साता आइतबारदेखि मंगलबारसम्मका तीन दिन प्रतितोला ८६० रूपैयाँमा स्थिर थियो ।

अन्तर्राष्ट्रिय बजारमा शक्रबार सुन प्रतिऔंस १६७९.६० डलरमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>