Breaking News

कोरोना भाइरस : ३३ सय ८३ को मृत्यु, ९७ हजार संक्रमित

Banner

काठमाडौँ, फागुन २३-

विश्वका ८४ देशमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ ।

कोरोना भाइरसबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ ।

चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो ।

चीनपछि सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा पुगेको छ । कोरोनाकै संक्रमणबाट इटालीमा अहिलेसम्म एक सय ४८ जनाले ज्यान गुमाएका छन् । इटालीमा कोरोना संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । त्यस्तै इरानमा १ सय ७ जनाले ज्यान गुएमा छन् । इरानमा अहिले सम्म ३ हजार ५ सय १३ मा संक्रमण फैलिएको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि कोरोना संक्रमण फैलनेक्रम बढेको छ । अहिलेसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार २ सय ८४ जना संक्रमित छन् ।

त्यस्तै जापानमा १२, अमेरिकामा १२, फ्रान्समा ७, स्पेनमा ३ हङकङमा २ र इराकमा पनि २ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरि ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स, स्वीटजरल्यान र बेलायतमा एकएक जनाले ज्यान गुमाएका छन् ।

यता, नेपाल सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ । विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको छ ।

विमानस्थलमा तीन चिकित्सक, तीन नर्ससहित ८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी छ । विमानस्थलमा स्वास्थ्य जाँचका लागि ५ वटा उपकरण जडान गरिएको छ । ज्वरो आएका बिरामीको पहिचान गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>