चितवन विशेष

क्रियाशिल सदस्यता वितरण गर्न काँग्रेस चितवनले बनायो मापदण्ड

Banner

चितवन, फागुन २२–

नेपाली काँग्रेस चितवनले मापदण्ड पुरा गर्नेलाई मात्र क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ ।

आज (बिहीबार) जिल्ला कार्यालयमा भएको बैठकले मापदण्ड अनुसार मात्रै नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय भएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए । उनका अनुसार वडामा मतदाता नामावली भएका व्यक्तिहरु, समावेशी सिद्धान्तलगायतको आधारमा नयाँ सदस्यता वितरण गर्ने निर्णय गरिएको छ ।

बैठकमा कस्ता व्यक्तिहरुलाई क्रियाशिल सदस्यता वितरण गर्ने भन्ने विषयमा वडा सभापतिहरु, प्रदेश कमिटिका सभापतिहरु, नगर, क्षेत्रीय सभापतिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठक जिल्ला सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>