चितवन विशेष

चितवनमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

Banner

चितवन, फागुन २२–

चितवनमा आज (बिहीबार) ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार दिउँसो १ः४५ बजेको समयमा नारायणगढ–मुग्लिन सडक खण्डस्थित भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल सोही स्थानमा रोकी राखेको ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नवलपुर कावासोती ९ बस्ने ३८ वर्षीय नर बहादुर थापाको उपचारको क्रममा दिउँसो २ः२५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा घाइते भएका मृतकका छोरा ५ वर्षीय बिबस थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको र मोटरसाइकल पछाडी सवार सोही स्थानका २७ वर्षीय अमृत बोहोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>