Breaking News

प्रधानमन्त्री ओलीलाई हटाउने अधिकार कसैलाई छैनः खगराज अधिकारी

Banner

चितवन,फागुन २३-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी ओली पाँच बर्षका लागि सरकार चलाउन जनताले म्याडेण्ड दिएकोले कसैले पनि हटाउन नसक्ने बताएका छन् । चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता अधिकारीले देशमा अस्थिरता मच्चाउने र विगतमा पनि त्यस्तो अभ्यासमा रमाएका केही तत्वहरु सल्वलाए पनि पानीको फोकाजस्तैं फुटेर जाने नेता अधिकारीले बताए ।

गत संसदीय निर्वाचनमा केपी ओलीलाई नै विश्वास गरेर नेकपालाई जनताले मत दिएकोले केपी ओली नै पाँच बर्ष नै प्रधानमन्त्री भएर स्थीरता र विकासको अनभूति जनतामा गराउने नेता अधिकारीको भनाइ छ । पार्टी उपाध्यक्ष बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय र प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्ने छनक दिएको सन्र्दभमा सोधिएको प्रश्नमा नेता अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीलाई अब्ठ्यारोमा पार्ने काम, निर्णय वा भेला स्वीकार्य हुन्न, पार्टीमा संस्थागत छलफल गरेर सहमतीमा जान सकिन्छ, किन पार्टी र टार चाहार्दै हिड्नुप¥यो, केही थान मान्छे बसेर योजना बनाउने र त्यही कुरा लागु गराउन दवाव दिनु राम्रो हैन।’

प्रधानमन्त्रीलाई अब्ठ्यारोमा पार्ने भित्रि उद्धेश्यका साथ पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने डिजाइन गरेको पुष्टि ब्यवहारमा भए, त्यसले पार्टी, जान चाहाने र पठाउन चाहानेहरुलाई ठूलो नोक्सान हुने नेता अधिकारीको चेतावनी छ । प्रतिनिधीसभाको निर्वाचन हारेकाहरुलाई सोही कार्यकालमा कुनै न कुनै रुपमा सांसद बनाएर लैजानु बेठिक हुने र जनतामा पार्टी र नेताप्रतिको विश्वास गुम्ने नेता अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>