रोचक

कोरोना प्रभावः चीनमा चार फीट परैबाट कपाल काटिरहेकाछन् हजाम !

Banner

एजेन्स, फागुन २२-

चीनमा कोरोनाभाइरसका कारण हेनान प्रान्तको सैलुनमा हजामहरूले मानिसको कपाल तीन वा चार फीटको दूरीबाट काटिरहेका छन् । हजामहरूले लामो लट्ठीमा कैंची, काइँयो, बुरुस झुण्ड्याएर कपाल मिलाइरहेका छन् । सिचुआन प्रान्तको लुझोउमा पनि हजामहरूले यही तरिका उपयोग गरिरहेका छन् ।

लुझोउका हजाम हे बिङले क्वारेन्टाइन अब लगभग सकिएको र मानिसहरू घरबाहिर निस्कन थालेको बताए । तर सुरक्षाका लागि टाढाबाट कपाल काट्न थालिएको उनको भनाइ छ । तर यसमा मेहनत बढी परिरहेको छ । सानासाना कुरामा ध्यान दिनुपरेको छ । अनि हात पनि शक्तिशाली हुनुपर्छ र मात्र त्यति परबाट सामान समातेर कपाल काट्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>