अर्थ

काठमाडौं उपत्यकामा एकैसाथ गण्डकीको चार नयाँ शाखा

Banner

काठमाडौं, फागुन २२–

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकामा थप चार नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी, जरंखुमा र भक्तपुरको थिमीमा नयाँ शाखा स्थापना गरेको हो ।

छुट्टाछुट्टै कार्यक्रमकाबीच चार वटै शाखा कार्यालयहरुको औपचारिक रुपमा समुद्घाटन गरिएको छ । भक्तपुरको थिमी शाखाको बैंकका अध्यक्ष सुशिल गौचनले समुद्घाटन गरेका थिए भने जोरपाटी शाखा, बालुवाखानी शाखा र जरंखु शाखाहरुको समुद्घाटन क्रमशः बैंकका सञ्चालकहरु त्रय बासुदेव त्रिपाठी, नारायण बहादुर बानियाँ र किशोर ओझाले गरेका थिए । बैंकको नेपालभर ९५ स्थानमा शाखा सञ्जाल रहेको जनाईएको छ ।

भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठूलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न बैंक सफल भएको बताए । बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक तीन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानीकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको बताए ।

न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को Best Managed Development Bank को एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप रु.३४ अर्व २५ करोड संकलन गरी रु.२७ अर्व ५३ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । अब उपरान्त बैंकले देशभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ATM वाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।

पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग ,मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएकोछ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा, अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । ATM सेवा, मोवाइल बैंकिङ्ग सेवा, SMS बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा, ABBS बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।

मेगा बैंक नेपाल लिमिटेडसंग गत असोजमा मर्जर/प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सबै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>