Breaking News
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, तरल पदार्थ खुवाउने तयारी

काठमाडौं, फागुन २२ –
प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएपछिको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जनाएका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको हो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौदा दान गरेकी हुन् । चार घण्टा ४५ मिनेटको शल्यक्रियाबाट ओलीमा मिर्गौला प्रत्यारोपण भएको हो ।
बुधबार मिर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको भनिए पनि अहिलेसम्म ओलीलाई खाली पेट नै राखिएको छ ।
टिचिङ अस्पतालमै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरु आउँने क्रम सुरु भएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दैनिक कति पटक सूचना जारी गर्ने भन्नेबारे पनि छलफल चलिरहेको थापाले जानकारी दिए । दैनिक एक पटक दिइने वा दुई पटक भन्नेमा छलफल चलिरहेको छ ।
दुइ पटक दिइने भएमा विहान ११ र साँझ ६ बजेको समयमा आवश्यक सूचना सार्वजनिक गरिने उनले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण सकिएको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले बुधबार आधा लिटर पिसाव गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ।
























