Breaking News

चितवनको खैरहनीमा बस र ट्रक ठोक्किदा नौ जना गम्भिर घाइते (नामसहित)

Banner

चितवन, फागुन २२–

पूर्वीचितवनको खैरहनीमा आज (बिहीबार) विहान बस र ट्रक ठोक्किदा नौ जना गम्भिर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्प अगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएको हो । दुर्घटनामा बसमा सवार ३४ जना मध्ये नौ जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । उनीहरुको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा भारत कलकत्ता खडी सिंगापर बस्ने २४ वर्षीय आइजाबु हुसेन, भारत समस्तीपुर बस्ने ५५ वर्षीया मिनादेवी राम, भारत मुसिदावाद बस्ने वर्ष २९ का मिठु सेठ, सोही स्थानका ५२ वर्षीय जादुर हुसेन रहेका छन् ।

यस्तै अन्य घाइते हुनेहरुमा सुनसरीको इटहरी नगरपालिका–१ बस्ने २९ वर्षीय मनिकराम चौधरी, सुनसरीको इटहरी नगरपालिका–१६ का ४१ वर्षीय मिलन श्रेष्ठ, इटहरी नगरपालिका–१० बस्ने १९ वर्षीय सन्तोष कुमार चौधरी, इटहरी–१७ बस्ने ४५ वर्षीय सुरेश कुमार चौधरी र इटहरी–४ रामधुनी बस्ने २६ वर्षीय नविन चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>