अन्तर्राष्ट्रिय

इरानमा कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा

Banner

तेहरान, इरान, फागुन २१-

इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन।

यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू“लाई भने छाडिएको छैन ।

उनका पतिले शनिबार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड–१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए ।

कोरोना भाइरस सङ्क्रमणको कारण ७९ व्यक्तिको मृत्यु भइसकेको छ भने दुई हजार ५०० व्यक्ति सङ्क्रमित रहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार २०० नाघेको बुधबार जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ७६ भन्दाबढी देशहरूमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजारभन्दा बढी सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ९ जनाको मृत्यु भएको छ ।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि ९ जनाको ज्यान गएको अधिकारीको भनाइ छ । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>