स्वास्थ्य
चीनमा कोराना संक्रमित घट्दै, ५० हजार जना निको भए
०

काठमाडौँ, फागुन २१-
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ ।
बुधबार बिहानसम्म यो रोगबाट ३२ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १६० जना बिरामी छन् । यस्तै यो रोगको संक्रमण भएका ५० हजार जना भने निको भइसकेका छन् ।
चीनबाट फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोप अहिले अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिसकेको छ ।
यो भाइरसले विश्व स्वास्थ्य क्षेत्रमा नै जोखिम उत्पन्न भएको छ । तर, चीनको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका मानिसहरुले भाइरसबिरुद्ध हात पारेको सफलताले भने केही आशा देखाएको छ ।
अहिले चीनमा संक्रमित भएकामध्ये आधाभन्दा धेरै निको भएर घर फर्किसकेका छन् । अहिले चीनमा ३५ हजारभन्दा कम मानिसमा मात्र भाइरसको संक्रमण छ । चीनमा यो भाइरसको संक्रमणबाट निको हुनेको संख्या पनि बढिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























