अर्थ

सुनको मूल्य एकैदिन २२ सयले बढ्यो

Banner

काठमाडौँ, फागुन २१-

केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

कोरोना भानइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।

छापावाल सुन बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ स रुपैयाँ कायम छ । हिजो (मंगलबार) भने छापावाला सुन ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन पनि २२ सय रुपैयाँ प्रतितोलामा बढेर कारोबार भइरहेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८० हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन ७८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो (मंगलबार) भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>