Breaking News

प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण

Banner

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया आज बिहान ९ बजेबाट सुरु हुने भएको छ। मिर्गौला प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।
प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीले गर्ने बताइएको छ।

उनलाई ३२ वर्षीय भाञ्जीले मिर्गौला दिँदैछिन्।

मिर्गौला दिने र लिने दुवैको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए।प्रधानमन्त्रीको स्वास्थ्य लाभ गर्न मन्त्री तथा पार्टीका नेता त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

चिकित्सकका अनुसार सात दिनसम्म प्रधानमन्त्री ओलीसँग कसैलाई भेट्न दिइने छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>