कर्पोरेट

एनआईसी एशिया बैँकको मुद्दती खातामा बिमा सुविधा

Banner

चितवन, फागुन १९-

एनआईसी एशिया बैँकले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ ।

बैकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एशिया बैँकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । बैँकले ग्राहकको सुविधाको लागि जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बिमा सुविधा दिएको जनाएको छ । खातावालको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बिमा सुविधा दिएको बैँकको विज्ञप्तिमा उल्लेख छ । यस्तै, ग्राहकले १८ घातक रोगको लागि १० लाख रूपैयाँसम्म र एक लाख रूपैयाँसम्मको औषधि उपचार बिमा सुविधा पाउन सक्नेछन् ।
ग्राहकले बहिरंग उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सक्नेछन् । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतका काममा खर्च गर्न सक्नेछन् । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्थासम्ममा बैँकले ८० हजार रुपैयाँसम्म बिमाबाटै खर्च गर्न सक्ने जनाइएको छ ।

यो निक्षेप योजनामा हालसम्म १०२ जना ग्राहकले यो सुविधाबाट ६० लाख बढीको बिमा रकम प्राप्त गरिसकेको विज्ञप्तिमा उल्लेख छ । एनआईसी एशिया बैँकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बिमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने बैँकको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>