स्वास्थ्य

क्वारेन्टाइनमा रहेका १७५ जनामै कोरोना देखिएन, आजै घर पठाइने

Banner

काठमाडौं, फागुन १९-

चीनको वुहानबाट उद्दार गरिएका १ सय ७५ जनामा कोरोनाभाइरस नदेखिएको भन्दै सोमबार घर पठाउने तयारी भइरहेको छ ।

सोमबारनै आएको कोरोना परीक्षणको नतिजामा क्वारेन्टाइनमा राखिएका कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार १ सय ७५ जना कसैमा पनि कोरोनाको संक्रमण नदेखिएपछि सबैलाई आजै घर पठाइने भएको छ ।

गत शनिबार कोरोना परीक्षणको लागि उनीहरूको घाँटी र नाकको र्‍यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

गत फागुन ४ गते चीनको वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो । उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>