स्वास्थ्य

खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज आउँदै

Banner

काठमाडौं, १९ फागुन ।

चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याएर खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज (सोमबार) बेलुकासम्म प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसको कारण विश्वभर तीनहजार बढीको मृत्यु भएको छ । चीनसहित विभिन्न दशवटा देशका नागरिक पनि कोरोनाभाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म विश्वभर ९० हजार बढी कोरोना संक्रमित देखिएका छन् ।

त्यस्तै, खरिपाटी क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो । आइतबारदेखि त्यसको परीक्षण सुरु भएकोमा अहिलेसम्म आधा भन्दा बढीको परीक्षण सकिएको राष्ट्रिय प्रयोशाला तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएको दिन संकलन भएको नमूनामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । अब शनिबार संकलित नमूनाको रिपोर्ट आउँदा पनि कोरोना संक्रमण नेगेटिभ देखिएमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर जान दिइने छ ।

कोरोनाका कारण चीनपछि इरानमा सबैभन्दा बढी नागरिकको मृत्यु भएको छ ।

इरानमा ५४ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इटलीमा पछिल्लो ४८ घण्टामा यो संक्रमणका बिरामी दोब्बरले बढेका छन् । बेलायतमा अहिलेसम्म ३६ जनामा यो सक्रमण देखिएको छ भने अमेरिकामा पनि दुईजनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म २९१२ जनाको मृत्यु भएको छ भने ८० हजार बढी संक्रमित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>