चितवन विशेष

सुरु भयो पाँचौँ मेघौली पर्यटन महोत्सव

Banner

चितवन, फागुन १८–

नेपालकै सर्वोत्कृष्ट वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्य मानिएको चितवनको मेघौलीमा आज (आइतबार)देखि पाँचौँ मेघौली पर्यटन महोत्सव सुरु भएको छ ।

उद्घाटन समारोहमा नेपाली सेनाको जहाजबाट पुष्प वर्षा गरिएको थियो । महोत्सव उद्घाटन अघि विभिन्न जातजातिको झाकी सहितको शोभायात्रा निकालिएको थियो ।

भरतपुर महानगरपालिका २७ र २८ मा पर्ने मेघौलीमा सुरु भएको महोत्सव फागुन २४ गतेसम्म चल्नेछ । मेघौली पर्यटन विकास समिति, भरतपुर महानगर वडा नं.२७ र २८ तथा मेघौली उपभोक्ता समितिको आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवलाई वाग्मती प्रदेश सरकार, चितवन राष्ट्रिय निकुञ्ज तथा स्थानीय वन समितिहरुले सहयोग गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र ९ वटा सामुदायिक वनको विशेषता र जैविक विविधताले भरिएको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समिति संयोजक हरिचन्द्र महतोले जानकारी दिए । मेघौली हात्तीपोलो मैदानमा हुने महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला तथा औद्योगिक प्रदर्शनी गरिएको छ । यस्तै स्थानीय थारु, कुमाल ,नेवारी , मगर , गुरुङ खानाहरुको स्टल पनि रहनेछन् । जंगल सफारी (हात्ती, जीप, डुंगा सयर ,जंगलवाक , बर्ड वाचिङ, टाइगर ट्रर्‍याक) गोलाघाट सूर्यास्त दृष्यावलोकन जस्ता मुख्य आकर्षण रहेको संयोजक महतोले जानकारी दिए । यसका साथै महोत्सवमा वन्यजन्तु संरक्षणसम्बन्धी वृतचित्र पनि प्रस्तुत गरिनेछ र विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन ।

भरतपुरको चौबिसकोठीबाट २५ किलोमिटर पश्चिम लागेपछि मेघौंली पुग्न सकिन्छ । यस क्षेत्रमा धेरै तालतलैया, सिमसार क्षेत्र रहेकोले गैँडा तथा धेरै प्रजातिका चराहरुको मुख्य बासस्थानको रुपमा चिनिँदै आएको छ । कला, संस्कृति र जनजातिहरुको मुख्य थलोको रुपमा चिनिएको मेघौँलीमा विभिन्न जनजातिका होमस्टेसहित साना र ठूला होटलहरु रहेका छन् । विगतमा विश्वका प्रतिष्ठित व्यक्तित्वहरु मेघौली आएर बस्ने गरेको इतिहास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>