स्वास्थ्य

कोरोना संक्रमण डरलाग्दो बन्दै, सरकारले भन्योः भोजभतेर, सम्मेलन नगर्नुहोस्

०
Banner

काठमाडौं, फागुन १८–

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस अहिले ६० भन्दा बढी देश फैलिएपछि सरकारले सचेत हुन आग्रह गरेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान समेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् ।

कोरोनाको उच्च जोखिममा परेपछि सरकारले कडाईका साथ प्रस्तुत हुन थालेको उनले जानकारी दिए । मन्त्री ढकालले भने–‘त्यस्तै अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान समेत रोक्छौं, विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल गरिरहेका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>