राजनीति

कसले दिँदैछ प्रधानमन्त्री ओलीलाई मिर्गौला ?

Banner

काठमाडौं, फागुन १८–

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि तयार भएका छन् । प्रधानमन्त्री ओलीलाई नातिनीले मिर्गौला दिने भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण यो दोस्रोपटक हो । ओलीलाई नजिकका आफन्ततर्फकी नातिनीले मिर्गौली दिन लागिएको स्रोतले जनाएको छ । उनको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्रीलाई अन्य व्यक्तिहरुले मिर्गौला दिने बताए पनि नातिनीसंग म्याच भएपछि नातिनीकै मिर्गौला प्रत्यारोपण गर्न लागिएको स्रोतले जनाएको छ ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>