नवलपरासी

शान्ति निर्माणका लागि नवलपरासीमा अन्तर्राष्ट्रिय युवा सम्मेलन

Banner

परासी, फागुन १७-

युवाहरुमार्फत शान्ति निर्माण तथा द्वन्द्व व्यवस्थापनमा सहयोेग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय युवा सम्मेलन–२०२०’ हुने भएको छ ।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै शान्ति अभियान नेपाल नवलपरासी शाखाको आयोजनामा हुन लागेको सम्मेलन आगामी जुलाई १५ देखि १७ गतेसम्म जिल्लाको सुनवलमा सञ्चालन हुनेछ । एशिया र अफ्रिका क्षेत्रका १५ बढी देशबाट करिब १२० युवा सम्मेलनमा सहभागी हुने शान्ति अभियानका नेपालका जिल्ला अध्यक्ष अनुप न्यौपानेले जानकारी दिए ।

यो सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनसमेत हुने बताउँदै उनले भने, ‘अहिलेसम्म हामीलाई तीन हजार युवाको आवेदन प्राप्त भएकामा २६ जना छनोट गरेका छौँ, १८ देखि ३९ वर्षभित्रका र आफ्नो देशमा शान्ति अभियानमा योगदान पु¥याएका युवालाई प्राथमिकता दिएका छौँ ।’

उनका अनुसार अहिलेसम्म नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, सोमालिया, सिङ्गापुर, मलेशिया, रोमानिया, साइप्रस, केन्या, ताइवान, इराकलगायतका देशबाट आउने सहभागीको निश्चित भएको छ । सम्मेलनमा नेपालको शान्ति निर्माण प्रक्रियाबारे जानकारी गराइनुका साथै विश्वमै द्वन्द्व व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुबाट प्रशिक्षण गरिने अध्यक्ष न्यौपानेले बताए ।

शान्ति निर्माण र द्वन्द्व व्यवस्थापनमा युवाहरुले योगदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउँदै अभियानका महासचिव लिण्डाकला मगरले भने, ‘तीनदिने सम्मेलनमा हामीले शान्ति निर्माणकर्ता युवाहरुलाई नेतृत्व विकास तालिम, योेग, ध्यान शिविरका साथै द्वन्द्व र हिंसालाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा विभिन्न देशका विज्ञहरुबाट प्रशिक्षण दिनेछौँ ।’

सम्मेलनमा नेपाली लोकसंस्कृतिको प्रदर्शनी, लोकदोहोरी साँझ तथा नेपाली मौलिक खानाका परिकार खुवाइनुका साथै रामग्राम स्तूप, लुम्बिनी, त्रिवेणीधामलगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुको समेत प्रत्यक्ष अवलोकन भ्रमण गराई पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याइने अभियानकी कार्यक्रम व्यवस्थापक गीता ढुङ्गानाले जानकारी दिइन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि शान्ति निमार्ण जरुरी रहेको बताउँदै उनले भनिन्, ‘सम्मेलनमा सहभागी हुनेमध्ये उत्कृष्ट दश युवालाई हामीले अन्तर्राष्ट्रिय युवा शान्ति पुरस्कार प्रदान गरिनेछ, संयुक्त राष्ट्रसङ्घमा आगामी सन् २०२४ भित्र विश्वमा शान्ति निर्माणका लागि एक करोड हस्ताक्षर बुझाउने अभियानको शुभारम्भ पनि यही सम्मेलनबाट गर्दैछौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>