नवलपरासी

नवलपरासीमा दुर्घटना,एक जनाको मृत्यु

Banner

नवलपरासी,फागुन १६-

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।

दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु३त ४८३३ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक ठोक्किँदा गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार १९ वर्षीय प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>