चितवन विशेष

फागुन २२ गते चितवनमा खुल्ला कविता प्रतियोगिता हुने

Banner

चितवन,फागुन १५-

युवा परिषदको स्थापनाको अवसर पारेर चितवनमा खुल्ला कविता प्रतियोगिता आयोजना हुने भएको छ । युवा परिषद चितवन र सप्तगण्डकी बिम्व यात्राको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

फागुन २२ गते विहान ८ः३० बजे सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्रतियोगिता आयोजना हुने युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिए । प्रतियोगितामा शव्द सङख्या एक सय पचास भन्दा बढि बनाउन नपाइने उनले बताए । यस्तै व्यक्तिगत,धार्मिक,सांस्कृतिक,जातिय आस्थामा खलल पु¥याउने कविता समावेश नगरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार ५१,दित्तिय हुनेले १० हजार ५१ र तृतिय स्थान हासिल गर्नेले ५ हजार ५१ रुपैंया प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>