रोचक

बिहे रोक्न आफन्तको गुहार !

Banner

भजनी, फागुन १५-

टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । तेह्र वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ बस्ने छङ्गा रानासँग विवाह गर्ने तयारीका साथ विवाह कार्डसमेत छपाएपछि आफूहरुलाई थाहा भएको पहिलेका श्रीमान्की फूपू पर्ने राजकुमारी डगौराले बताए ।

उनले दुई छोराछोरीलाई अलपत्र पारी अर्को विवाह गर्न लागेको भन्दै विवाह रोकिदिनका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको बताए । पहिलेका श्रीमान्सँग सम्बन्धविच्छेद गरी प्रक्रियाअनुसार अर्को विवाह गर्नु स्वभाविक भए पनि यही अवस्थामा विवाह रोकिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

जानकी गाउँपालिका वडा नं ५ पथरैया माइत भएकी मीनाले श्रीमान् बुधराम चौधरीको नामबाट नेपाली नागरिकता लिएको फूपू डगौराले बताए । यस विषयमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले उमेर पुगेको महिलाले विवाहित भए पनि अविवाहित केटासँग दुवैको इच्छाअनुसार विवाह गर्नका लागि कुनै पनि कानूनले रोक नलगाएको बताए । उनले कानूनी प्रक्रियाका लागि प्रशासनमार्फत जानुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>