चितवन विशेष
तीन दिनदेखिको पानीले चितवनका इँटा उद्योगमा १५ करोडको क्षति
०

चितवन,फागुन १५-
तीन दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।
इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । अहिलेको बर्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























