बजार
सुनको मूल्य बढ्ने क्रममा ब्रेक
०

चितवन, फागुन १४-
८० हजार रुपैयाँभन्दा मथि पुगेको सुनको मूल्य ओरालो लाग्न थालेको छ ।
लगातार बढेको सुनको भाउ ५ सय घटेर बुधबार ७९ हजार ५ सय रूपैयाँ आइपुगेको छ ।
गत आइतबार ७८ हजार ८ सयमा कारोबार भएको सुन सोमबार ८० हजार ३ सय रूपैयाँ पुगेको थियो । मंगलबार तोलाको ८० हजारमा कारोबार भएको थियो । विगतको तुलनामा नेपाली बजारमा सुनको भाउ चुलिएसँगै ग्राहकको खरिद गर्न सक्ने क्षमतामा ह्रास आएको छ ।
त्यसैगरि चाँदीको भाउ बुधबार प्रतितोला २० रुपैयाँले घटेर ९ सय ५ रूपैयाँ कायम भएको छ । सोमबार र मंगलबार तोलाको ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार ९ सय २० रूपैयाँ थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६४३.६० डलरमा कारोबार भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























