स्वास्थ्य

कोरोना महामारी : २,७१८ जनाको मुत्यु

Banner

चितवन, फागुन १४-

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण हालसम्म २,७१८ जनाले ज्यान गुमाइसकेका छन् । साथै ७८,१९० जनामा संक्रमण पुष्टि भएको छ ।

युरोपका विभिन्न मुलुकमा कोभिड-१९ (कोराना भाइरस) संक्रमण पहिलो पटक देखिएको पुष्टि भएको छ।

कोरोना भाइरसको संक्रमण युरोपका विभिन्न देशमा पनि फैलिन थालेको छ ।

युरोपियन मुलुक इटालीमा देखिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण अस्ट्रिया, क्रोएसिया र स्वीट्जरल्याण्डमा पनि देखिएको छ ।

इटालीमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ भने ३ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको जानकारी छ ।

यस्तै अल्जेरिया तथा उत्तर अफ्रिकामा पनि संक्रमण पुष्टि भएको । इटालीबाट गएका व्यक्तिबाट ती मुलुकमा संक्रमण फैलिएको हो ।

युरोपियन मुलुकहरुमा पनि कोरोना फैलदै गएपछि सतर्कताका लागि फ्रान्स, जर्मनी र इटालीका स्वास्थ्य मन्त्री तथा युरोपियन युनियन कमिसनको बैठकमा छलफल सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>