नवलपरासी

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छः मन्त्री त्रिपाठी

Banner

परासी, फागुन १३–

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र स्वास्थ्यको विषयमा नेपालका राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको उनले बताए।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित दिव्यज्योति माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री त्रिपाठीले भने, “संविधानले नै व्यवस्था गरेकोले निजी र सरकारी लगानीमा शिक्षालाई अगाडि बढाउनुपर्दछ ।” मन्त्री त्रिपाठीले मावि तहसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएकोले स्थानीय तह चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले भने, “तीन तहका सरकारको प्रणालीमा गइसकेपछि दुविधाका बीच अघि बढिरहनुपरेको स्थितिमा नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रहरुमा प्रभाव परेको छ, स्थानीय तहले पनि आफ्नो अधिकारप्रति चनाखो हुनुपर्ने अवस्था छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>