बजार

एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टिभी किन्दा विशेष छुट पाउने

Banner

काठमाडौं, फागुन १३–

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

बैंक र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट दिने सम्झौता भएका हो ।

सम्झौता अनुसार Sony Bravia Television (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्राप्त गर्ने छन् । सो सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै एइक् र त्तच् ऋयमभ प्रयोग गरि क्यलथ द्यचबखष्ब का उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,०००÷ सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।

बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>