चितवन विशेष

सर्वपक्षिय बैठकको निर्णयः अनशन तोड्न वडाध्यक्ष पौडेललाई आग्रह, सर्वपक्षिय डेलिगेसन जाने

०
Banner

चितवन, फागुन १२–

चितवनमा आज बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले आमरण अनशनमा बसेका माडी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन स्थगित गर्न आग्रह गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय भरतपुरमा बसेको बैठकले उनले उठाएका मागहरुलाई समर्थन गर्दै अनशनरत वडाध्यक्ष पौडेललाई अनशन स्थगित गर्न आग्रह गर्ने निर्णय गरेको हो । साथै बैठकले वडाध्यक्षले उठाएको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा सर्वदलिय, सर्वपक्षिय डेलिगेसन जाने निर्णय गरेको बैठकमा सहभागि नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले नारायणी अनलाईनलाई जानकारी दिए । उनले भने–‘वडाध्यक्षले उठाएको मागलाई सबैले समर्थन गरेका छन्, माग सम्बोधनका लागि भोलि नै सर्वपक्षिय टोली डेलिगेसन जाने निर्णय भएको छ ।’

डेलिगेसनमा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकालसंगै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

वडाध्यक्ष पौडेल ६ दिनदेखि निकुञ्ज ऐन संशोधनलगायतका साँत बुँदे माग राख्दै आमरण अनसन बसेपछि आज मागलाई सम्बोधन गर्ने विषयमा बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा ९ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अनशनरत वडाध्यक्षको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आजै भरतपुर ल्याएर उपचार थालिएको छ । नेपाली काँग्रेस चितवनले वडाध्यक्ष पौडेलको जीवन रक्षाको माग गर्दै चरणवद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>