अर्थ

छोइनसक्नु भो सुनको मूल्‍य

Banner

काठमाडौं, फागुन १२-

चीनमा कोरोना भाइरसले आतंक मच्चाएपछि नेपालमा सुनको मूल्य आकासिने क्रम जारी छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेर प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कोराना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा नै आर्थिक गतिविधि प्रभावित भएको बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस १६ सय ६७ अमेरिकी डलरसम्म पुगेको छ । १ औस बराबर २८ दशमलव ३४९५ ग्राम हुन्छ । अन्तराष्ट्रियस्तरमा बढेकाले नै नेपालमा पनि बढेको हो ।

अहिले बिहे, ब्रतबन्धनको सिजनका कारणले नेपाली बजारमा दैनिक २५ केजीको हाराहारीमा सुनको माग रहेको श्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>