खैरहनी

खैरहनीको इटा भट्टामा कमदारलाई प्रशिक्षण

Banner

चितवन, फागुन ११-

चितवनको खैरहनी नगरपालिकामा बेटर ब्रिक नेपाल कार्यक्रमअन्तर्गत इटा उद्योगमा काम गर्ने १५० बढी नाइके तथा कामदारलाई प्रशिक्षण दिइएको छ ।

राप्ती नगरपालिका–९ स्थित लालपुरमा रहेको गणेश इटा उद्योगमा इटा बनाउने (पथेरा) लाई पहिलो सत्र र बाँकीलाई दोस्रो सत्र गरी बीबीएनका मापदण्डसम्बन्धी प्रशिक्षण दिइएको हो । कामदारको साप्ताहिक छुट्टीको दिन पारेर तालिम सञ्चालन गरिएको युथ क्लबले जनाएको छ । तालिममा बाल अधिकार, श्रम ऐन, श्रम नियमावली, ज्याला तथा कार्यघण्टा, स्वास्थ्य र सुरक्षा, मानवीय व्यवहार, वातावरण, कामदार समिति र गुनासो सुनुवाइ समितिको काम कर्तव्य र अधिकार, चर्पीको प्रयोग र जाँडरक्सी सेवनका नतिजा बारेमा कथा तथा टेलिफिल्म प्रदर्शन गरिएको थियोे । सहभागीले काम नभएको दिनमा धेरै कुरा सिक्न पाएको बताएका थिए ।

तालिम युथ क्लब नारायणगढले गरेकोे हो । तालिमको सहजीकरण रामचन्द्र आचार्य, उषा लामाबाट भएको थियोे भने प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र शिक्षक बिमला श्रेष्ठले अन्य व्यवस्थापकीय सहयोग गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>