अन्तर्राष्ट्रिय
पत्ता लाग्यो कोरोना भाइरस विरुद्धको भ्याक्सिन, जनावरमा परीक्षण गर्ने तयारी

अष्ट्रेलिया, फागुन ११–
विश्वभर हलचल मच्चाइरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन पत्ता लागेको छ । अष्ट्रेलियाका बैज्ञानिकहरुले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेका छन् ।
युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण हुन्। अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ ।
विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको यो भ्याक्सिन परीक्षण सफल भए ठूलो उपलब्धि हुने युनिभर्सिटी अफ क्विन्सल्यान्डले जनाएको छ।अनुसन्धानकर्ताहरुले पहिलो चरणको ‘प्रि क्लिनिकल ट्रायल’ जनावरमा परिक्षण सम्पन्न गरेपछि यस वर्षको मध्यसम्ममा मानिसहरुमा परिक्षण गर्ने लक्ष्य राखेका छन्। यद्यपि भ्याक्सिनको पूर्णरुपमा विकास गर्न १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुले बताएका छन्।
चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने करिब २ हजार ४ सयले ज्यान गुमाइसकेका छन्।
























