बजार

सुनको मूल्य अहिलेसम्मकै उच्च, ८० हजार नजिक पुग्यो

Banner

काठमाडौं, फागुन ११–

नेपाली बजारमा सुनको मूल्य एकपछि अर्को रेकर्ड तोड्न थालेको छ । शुक्रबारको तुलनामा आज (आइतबार) नेपाली इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबारको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार सुन तोलाको ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ र यसले रेकर्ड कायम गरेको छ ।

शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आइतबार एकैदिन ७ सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>