स्वास्थ्य
चीनमा कोरोना प्रकोपः वुहानमा फेरि एक डाक्टरको मृत्यु
०

एजेन्सी,फागुन ९-
चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरसका कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।
डाक्टर पेङ जियाङजिया जिल्लामा रहेको फस्ट पिपल्स हस्पिटलमा कार्यरत रहेका थिए । बिरामीको उपचारमा खटिएको बेला नै उनमा कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई जनवरी २५ मा अस्पताल भर्ना गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























