नवलपरासी

कोरोनाका कारण नारायणगढ-बुटवल सडक विस्तार प्रभावित

Banner

बिकास अधिकारी,

परासी, फागनु ९ –

कोरोना भाईरसका कारण विभिन्न गौरबका आयोजनामा प्रभाव परिरहेको समयमा नारायणगढ–बुटवल सडक विस्तारमा पनि प्रभाव परेको छ । चिनमा फैलिएको कोभिड १९ नामक कोरोना भाईरसले छुट्टिमा गएका जनशक्ति नर्फकिदा र आवश्यक थप जनशक्ति पनि आउन नसक्दा समस्या भएको आयोजनाका पश्चिम खण्डका प्रवक्ता युवराज पाण्डेले जानकारी दिनुभयो ।

चार लेनको सडक विस्तारका लागी चाईना स्टेट कन्स्ट्रक्सनले जिम्मा पाएको छ । चिनबाटै ल्याउनपुर्ने प्राविधिक जनशक्ति र प्रशासनिक फाँटका जनशक्ति नआउदा काम गर्न समस्या उत्पन्न भएको पाण्डेले बताउनुभयो । आयोजनाको पश्चिम खण्डमा चाईना स्टेटले प्राविधिक र प्रशासनिक क्षेत्रका मुख्य पदमा चिनियाँ कामदार नै राखेकाले उनिहरु छिट्टै नर्फिकिए काम गर्न असहज हुनेछ । अहिले आयोजनाले सडक दायाँबायाँका रुख काट्ने र ईन्वेल्मेन्टको काम गरिरहेको छ । आयोजनाको ठेक्का सम्झौतामा कम्तीमा १० प्रतिशत कामदार स्थानीय हुनुपर्ने भएपनि अहिले तोकिएभन्दा बढिनै स्थानिय कामदार आयोजनामा कार्यरत रहेका छन् । केही चिनियाँ कामदार छोटो छुट्टिमा घर गएको र केही कामदार कागजपत्र नमिल्दा सच्चाउन गएका थिए ।

तर उनिहरु कोराना भाईरसको संक्रमण फैलिएपछि भने उतै अड्किएका छन् । जसका कारण आयोजनाको प्रशासनिक फाँटका काम अगाडी बढाउन पनि समस्या भएको चाईना स्टेटले जनाएको छ । कामै रोकिने अवस्था त आईसकेको छैन् तर अब छिट्टै कामदार नर्फकिए समस्या हुन्छ प्रवक्ता पाण्डेले भन्नुभयो, ‘‘मुख्य पदहरुमा चिनियाँहरुनै रहकाले उनिहरु छिट्टै नर्फकिए कामले गति लिन सक्दैन ।’’

आयोजनामा १५ जना जति चिनियाँ कामदार कार्यरत रहेको भएपनि अहिले आधा जति चीनतिर गएका हुन् । चिनका सबै प्रान्तमा अहिले कोराना भाईरसको प्रकोप छ । प्रकोप नरोकिए सम्म कामदार आउन सक्ने छैनन् । गत वर्षको चैत्र ८ गते प्रधानमन्त्री केपि शर्मा ओलीले शिलन्यास गर्नुभएको गौरबको यस आयोजना २०८० साल साउन २० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । तर ढिलो गरि काम सुरु हुनु र अहिले चिनियाँ कामदार समयमै कार्यस्थलमा आउन नसक्नुले पनि आयोजनाको कामले सोचे अनुरुप गति लिन सकेको छैन् ।

बुटवलको राजमार्ग चौराहदेखि नारायणगढसम्म १ सय १३ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि दाउन्ने पूर्व गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ बनाएर काम भईरहेको छ । दाउन्ने खण्डमा भने अझै पनि अन्तिम डिजाईन प्राप्त भईनसकेकाले सो क्षेत्रमा काम सुरु भएको छैन् । आयोजनाले अहिले रुख कटान र कल्र्भट निर्माण र साईड क्लीयरिङ्गको काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>