खेलकुद

माडीमा भएको भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र एपीएफ विजयी

Banner

सुवास लामिछाने

चितवन, फागुन ८-

दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप दोस्रो पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न खेलमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बल (एफीएफ) क्लब विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वाग्मती प्रदेश क्लबलाई ३–० को सेटमा पराजित गदै गण्डकी प्रदेश विजयी भएको हो । पहिलो खेलमा वाग्मती प्रदेश क्लबलार्ई २५–१६ ,२५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । यस्तै आज सम्पन्न दोस्रो खेलमा सहारा सुपर मार्केटलाई २५–१८,२५–२२ र २५–१२ को सेटमा पराजित गदै एपीएफ क्लब विजयी भएको हो । बुधबारदेखि सुरु भएको भलिबल प्रतियोगिता फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

६ राष्ट्रिय भलिबल टिमको सहभागिता रहेको प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टोलीले नगद दुई लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तृतीय स्थान हासिल गर्नेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार प्राप्त गर्ने आयोजक नगर खेलकुद विकास समिति माडी अध्यक्ष एवम् माडी नगरपालिका–५ वडाअध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>