चितवन विशेष

प्रजातन्त्र दिवसमा चितवन कारागारका ५ कैदी छुटे

Banner

कृष्ण आचार्य,

चितवन,फागुन ७-

प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालय चितवनबाट ५ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका ५ जना कैदी छुटेका हुन् । ६ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा ५ जनाको कट्टी भएको कारागार प्रमुख जेलर कमल प्रसाद काफ्लेले जानकारी दिए । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ ।

सवारी ज्यान मुद्धाका १ जना, कतव्र्य ज्यान सम्बन्धी १ जना, ज्यान मार्ने उद्योगका १ जना र कुटपिट तथा लुटपिट मुद्धाका २ जना कैदी रिहा भएका हुन् । कारागारको सिफारिसका आधारमा नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर कैद कट्टी गर्ने गरेको छ ।

चितवन कारागारमा ७ सय २१ जना कैदीबन्दी छन् । जसमा ५५ महिला र ६ सय ६६ जना पुरुष रहेका छन् । कारागारमा ४ जना आश्रित बालिका समेत रहेका छन् । नेपालको मध्य भाग र अस्पतालको पहुँचका कारण चितवन कारागारमा कैदीबन्दीको सङख्या धेरै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>