चितवन विशेष
माडीका मेयर ढकालको अनशन स्थगित, फागुन १२ गते प्रधानमन्त्री ओलीलाई भेट्ने (विज्ञप्तिसहित )
०

चितवन, फागुन ७ –
माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले आज साँझ ५ बजेबाट गर्ने भनेको आमरण अनशन स्थगित गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै अनशन स्थगित गरेको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा यही फागुन १२ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर माडीबासीको समस्याबारे छलफल गर्ने बताएका छन् । उनले विज्ञप्तिमा माडीबासीको समस्यालाई समेटेर ११ बुँदे मागपत्र पनि राखेका छन् । जसमा कसरादेखि वनकट्टासम्म २४ अैँ घण्टा आवतजावत गर्न पाउनुपर्ने, वन्यजन्तुको आक्रमणबाट मारिएका परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्नेलगायत रहेका छन् । उनले वन्यजन्तुको आक्रमणबाट मारिएका पीडित परिवारलाई राज्यले राहत दिनुपर्ने माग पनि विज्ञप्तिमा प्रस्तुत गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























