खेलकुद

माडीमा भएको भलिबलमा नेपाल पुलिस क्लब विजयी

Banner

सुवास लामिछाने

चितवन, फागुन ७-

दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप दोस्रो पुरुष भलिबल प्रतियोगितामा वाग्मती प्रदेश क्लबलाई ३–० को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ ।

आज सम्पन्न उद्घाटन खेलमा वाग्मती प्रदेश क्लबलार्ई २५–९ ,२५–१६ र २५–८ को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको छ । यसैबीच दोस्रो खेलमा अहिले त्रिभुवन आर्मी क्लब र सहारा सुपर मार्केट चितवनबीच प्रतिस्पर्धा चल्ने आयोजकले बताएको छ । आजदेखि सुरु भएको भलिबल प्रतियोगिता फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

६ राष्ट्रिय भलिबल टिमको सहभागिता रहेको भलिबलमा प्रथम स्थान हासिल गर्ने टोलीले नगद दुई लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तृतीय स्थान हासिल गर्नेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार प्राप्त गर्ने आयोजक नगर खेलकुद विकास समिति माडी अध्यक्ष एवम् माडी नगरपालिका ५ वडा अध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>