चितवन विशेष
पर्यटन प्रवद्र्धन गर्न भरतपुरदेखि लुम्बिनीसम्म कार र्याली गरिने

चितवन,फागुन ७-
चितवनको भरतपुरदेखि लुम्बिनीसम्म कार र्याली गरिने भएको छ । भ्रमण बर्षलाई लक्षित गरी भरतपुरको पर्यटन प्रबद्र्धन गर्न फागुन १० गते कार र्यालीको आयोजना गरिएको हो ।
भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको र्याली मार्फत भरतपुका पर्यटकिय गन्तव्यको प्रचार प्रसार गरिने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । ‘आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनका लागि कार र्यालीको आयोजना गरेका हौं,भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भनिन्,यसले पर्यटकिय विकासमा थप टेवा पु¥याउने छ । ’ भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच भगिनी सम्बध कायम गरिको भन्दै उनले यसले दुई स्थानिय तहविच अनुभव आदानप्रदानमा समेत सहयोग पु¥याउने बताइन् । महानगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।
र्यालीमा करिब १ सय ५० कारमा जिल्लाका जनप्रतिनिधि,राजनीतिक दलहरु,नागरिक समाज,सरकारी कार्यालयका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,उद्योगी व्यवसायी,पत्रकार लगाएतको सहभागिता रहने छ । र्यालीमा सहभागी हुने कारमा स्टीकर,झण्डा र फ्लेक्स मार्फत भरतपुरको प्रबद्र्धन गरिने छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिका प्राकृतिक,धार्मिक,सांस्कृतिक एवं एतिहासिक सम्पदाले परिपूर्ण छ । महानगरका २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन् । मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकी डाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन् । संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल,पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० अन्तर्गत भरतपुर महानगरपालिकाले पर्यटन प्रबद्र्धन गर्न ३२ कृयाकलापको घोषणा गरेको छ ।
























