रोचक

कोरोना भाइरस : चीनमा पाल्तू जनावरलाई पनि मास्क

Banner

एजेन्सी, फागुन ७-

कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

कोरोना फैलन सुरु भएकाे चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

बिरामीको अवस्था यस्तो छ कि पाल्तू जनावरका मालिक आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउन बाध्य भएका छन् ।

यो भाइरसका कारण कतै आफ्नो पाल्तू जनावरलाई गुमाउनु नपरोस् भन्ने चिन्ता उनीहरूको छ । उनीहरूलाई पाल्तू जनावरका कारण आफुलाई यो घातक रोग नसरोस् भन्ने डर पनि छ । कोरोना भाइरसको प्रकोप अझै जारी रहेको छ र विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक बिमारी घोषणा गरेको छ ।

पाल्तू जनावरलाई पनि भाइरसको संक्रमण हुन्छ वा हुँदैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले कुनै प्रमाण पेस गरेको छैन । यद्यपि चिनियाँ नागरिक आफ्नो पाल्तू जनावरलाई फेस मास्क लगाएरै घरबाहिर लैजाने गरेका छन् । चिनियाँ सोसल मीडिया वेइबोमा यसको तस्बिर भाइरल भएको छ, जसमा जनावरको आँखामात्रै खुला भएको देखिन्छ ।

कैयौं तस्बिर ट्विटरमा सेयर गरिएको छ र यो भाइरल भइरहेको छ । द सनका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पाल्तू जनावर तथा कोरोना भाइरसका बारेमा डब्लूएचओको भनाइप्रति असहमति जनाएको छ । आयोगका प्रवक्ता तथा महामारी वैज्ञानिक ली लन्जुआनले भनेका छन्, “यदि पाल्तू जनावर बाहिर जान्छन् र संक्रमित व्यक्तिको सम्पर्कमा आए भने उनीहरूलाई पनि संक्रमण हुने जोखिम रहन्छ । त्यसैले पाल्तू जनावरलाई अलग गर्नु आवश्यक छ । मानिसका अतिरिक्त हामीलाई अन्य स्तनधारी विशेष गरी पाल्तू जनावरसँग सावधान हुनु आवश्यक छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>