स्वास्थ्य

नेपाल ल्याइएका सबै जनामा कोरोना संक्रमण देखिएन

Banner

काठमाडौँ, ७ फागुन–

नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण महामारीको रुपमा फैलिएको चीनको हुबेइबाट उद्धार गरी ल्याइएका सबै नेपालीमा संक्रमण नरहेको पुष्टि भएको छ ।

सबै नमूनाको परीक्षण मंगलबार बेलुका सकिएको र नतिजा नेगेटिभ अर्थात उनीहरुमा कोभिड–१९ को संक्रमण नरहेको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनाको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको हो । सबै १७५ जनाको ‘थ्रोट स्वाव’ तथा ‘नेजल स्वाव’ को नमूना संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>